Origin, History & Beliefs
"शुभ पुजाको शान ,वैदिक संस्कृतिको पहिचान"
कुनै पनि धार्मिक अनुष्ठानहरू (पुजा) गर्दा व्यक्तिको , परिवारको , समाज र राष्ट्रको हितको लागि गरिन्छ। धार्मिक अनुष्ठानहरूले व्यक्तिको व्यक्तित्व विकास , मानसिक विकास , सामाजिक सद्भाव , धार्मिक , आध्यात्मिक र व्यावहारिक बाटोहरूलाई स्पष्ट र न्यायिक बनाउँदछ। कुनै पनि यज्ञ यज्ञादिहरूको मूल उद्देश्य भनेको सुख , निरोगीता,समृद्धि , सद्भाव ,सकारात्मक सोच,सहजता , आत्मिक विश्वास , आत्मिक शक्ति , ईश्वरको प्रार्थना , प्रकृतिको पूजन इत्यादि हो। धार्मिक पूजाहरूले मानिसलाई नकारात्मक सोचहरूबाट परिवर्तन गराई सकारात्मक बाटोहरूमा हिँड्याउन प्रेरित गर्दछ।