
रुद्राभिषेक पूजा शिवजीलाई खुसी बनाउनको निमित्त गरिन्छ। भगवान शिव शक्तिका मूल स्रोत हुन्। शिवजीलाई प्रसन्न गराउनले मानसिक तथा शारीरिक दुःख पीडा र बेचैनलाई नाश गरेर शान्तिको अनुभव गर्न सकिन्छ। रुद्राभिषेक गर्नाले जीवनमा आउने हरेक किसिमका कष्टहरु हरेर महादेवले लिन सक्नुहुन्छ भन्ने प्रमाणहरु शिव महापुराण लगायतका पूर्वीय दर्शनहरूमा हामीले सहजै पाउन सक्दछौं जुन दिन रुद्री जुरेको छ उक्त दिन शिवजीलाई प्रसन्न बनाउनको लागि रुद्राभिषेक गर्नाले विभिन्न किसिमका संकटहरू समस्याहरू पारिवारिक झमेलाहरू व्यापार तथा बिजनेसहरू सुधार भएर समृद्धिको बाटो महादेव देखाउनुहुन्छ भन्ने जनविश्वास रहेको पनि छ। श्रावण महिना र माघ महिना शिवजीको प्रिय महिना भएकोले श्रावण र माघमा विशेष रुद्री तथा लघुरुद्री लगाउने गरिन्छ।
यो वर्ष रुद्री जुर्ने दिनहरुः
श्रावण १, ३, ६, ७, ८, १०, १२, १३, १४, १५, १७, २०, २१, २२, २६, २९, ३० र ३१ गते
भाद्र ३, ४, ५, ७, १०, ११, १२, १४, १७, १८, १९ र २० गते
असोज २२, २५, २६, २८ र ३१ गते
कार्तिक १, २, ४, ७, ८, ९, १०, १२, १५, १६, २३, २४, २५, २७ र ३० गते
मंसिर १, २, ४, ७, ८, ९, ११, १४, १५, १६, २०, २२, २३, २४, २६, र २९ गते
पुस १, २, ३, ५, ८, ९, १०, १२, १५ र १६ गते
माघ १, २, ४, ८, ९, ११, १४, १५, १६, २०, २३, २४, २५ र २७ गते
फाल्गुण १, २, ३ र ५ गते
चैत्र १४, १५, १६, २०, २३, २४, २५, २७ र ३० गते
सामाग्रीहरु
केशरी, अबिर, सिन्दुर, श्रीखण्ड १, रायो सर्स्यूं, , सर्वोषधी, पञ्चपल्लव, पञ्चरत्न, काँचो धागो १ लाछी, सिङ्गो सुपारी–१०, तिल, जौ, जनै–५जोर, धूप, बत्ती, कपुर, पान मसला, सेतो रातो वस्त्र, शिव वस्त्र धोती, गौरीलाई वस्त्र, अत्तर, गोबर, गोमूत्र, दूध, दही,ध्यू, मह, चिनी, मिष्ठान्न, पक्वान्न, फलफूलहरु, सिङ्गो नरिवल, फूलहरु, दूबो,बिल्वपत्र, धतुरो, समी, तुलसी पत्र, फूलमाला, ब्राह्मण वरण सामाग्री(धोती, टोपी, गन्जी आदिहरु) तीन टपरी चामल, एक टपरी धान, पूर्णपात्रलाई एक टपरी चामल, रेखिको पीठो, कुश, रक्षावन्धन धागो ।
पूजा भाँडामा –
पञ्चपात्र आचमनी, अर्घ्य, कर्मपात्र,पूजा थाली शङ्ख, घण्ट, जलधारा, त्रिकुटी, आरती , पञ्चवर्ती आदि ।