लक्ष्यवर्तिका (लाख बत्ती) पूजा

लक्ष्यवर्तिका (लाख बत्ती) पूजा

लाखबत्ती कुनै पनि यज्ञ तथा महायज्ञमा विशेष कर्मको प्राश्चित गर्नको लागि लाखबत्ती अथवा लक्ष्यवर्तीका बाल्ने गरिन्छ । लाखबत्ती बाल्नाले शरीर शुद्धि , वचन शुद्धि मनशुद्धि विचार शुद्धि हुन्छ र बैकुण्ठमा सायुज्य प्राप्त हुन्छ भन्ने पौराणिक मान्यता रहेको छ। प्राय गरी अग्नि , रुद्री जुरेको बेलामा पनि लाखबत्ती बाल्ने गरिन्छ । पितृको नाममा तथा देवताको नाममा पनि विभिन्न भाकल गरि लाखबत्ती बाल्ने चलन पनि छ।

सामाग्रीहरु:

केशरी, अबिर, सिन्दुर, जौ, तिल, धूप, कपूर, बत्ती, तिलको तेल ७ लिटर, काँचो धागो वा डोरो, चरु (जौ तिल चामल घ्यू, दाउरा प्रशस्त, पञ्चपल्लव, पञ्चरत्न, सर्वोषधी, सिंगो सुपारी २५, जनै जोर, धान ५ भाग टपरीमा, चामल १० भाग टपरीमा, पूर्णपात्र १ भाग (बोहोता वा टपरीमा), रातो सेतो वस्त्र आधा आधा मिटर, रातो सर्स्यूं, कलशलाई माटाको घैटा पाँच, नैवेद्यमा (पक्वान्न, मिष्ठान्न, फलफूलहरु), पूजा भाँडामा (पञ्चपात्र आचमनी, अघ्र्य, कर्मपात्र, पूजा थाली), पञ्चामृत (दूध, दही, घ्यु, मह, चिनी), फूलहरु, दूबो, आँप, चाँप र पिपलको पात, पञ्चगव्य (गहँुत, गोबर, दूध, दहि, घिउ), पान, मसला, घृतछायालाई काँसको कचौरा, सुवर्ण प्रतिमा, प्रत्येक ब्राह्मणलाई वरणमा (धोती, रुमाल, गन्जी), प्रधान देवी या देवतालाई (वस्त्र, देवीको भए सौभाग्य, माला), तामाको कलश ३, थाली ३, ब्रह्मालाई वस्त्र, विष्णुलाई वस्त्र, महेश्वरलाई वस्त्र, सावित्रीलाई (धोती, चोलो, सौभाग्य), लक्ष्मीलाई (धोती, चोलो, सौभाग्य), पार्वतीलाई (धोती, चोलो, सौभाग्य), चाँदीको दियो, सुनको बत्ती, पाला ५, बत्ती सवालाख, हवनको सरजाम, चरु, दाउरा प्रशस्त, उखु, रेखिको पिठो, कुश, रक्षाबन्धन धागो ।

पूजा भाँडामा कलश ५, पञ्चपात्र आचमनी, अघ्र्य, कर्मपात्र, पूजा थाली, शङ्ख, घण्ट, आरती र पञ्चवर्ती आदि ।”

Book Puja Services

लक्ष्यवर्तिका (लाख बत्ती) पूजा

    TESTIMONIALS

    WHAT OUR CLIENT SAYS

    Quick contact to organize any Hindu Religious Rituals Activities