
पूर्वीय दर्शनअन्तर्गत वैदिक पद्धतिद्वारा अग्निस्थापना गरी चन्द्रमाको आधारमा जातक अर्थात् बच्चा जन्मेको दिनदेखि दशरात्र कटेपछि एघारौँ दिनको दिन ज्योतिषीय नक्षत्रको गणना अनुसार नाम जुराई नामाकरण गरिन्छ। जुन नाम जन्मदेखि मृत्यु पर्यन्त सम्म र देवकार्य तथा पितृकार्य मा प्रयोग गरिन्छ। जुन घरमा अथवा जुन कुलमा जातकको जन्म हुन्छ न्वारन नगर्दासम्म उक्त कुल तथा घरमा कुनै शुभ कार्य गरिँदैन अथवा न्वारन नगर्दासम्म शुभ कार्यलाई वर्जित गरिएको छ।