
कुनै पनि व्यक्तिले आफ्नो जन्म महिनाको जन्मतिथि मा अष्टचिरञ्जीवीको पूजा गर्ने गरिन्छ। अष्ट चिरञ्जीवीको पूजा गर्नाले जीवनमा स्वास्थ्य र समृद्धि को विकास हुन्छ। अष्ट चिरञ्जीवीको पूजा गर्नाले जीवनमा आउने अवरोधहरू हटेर जान्छ परिवारिक सम्बन्ध सकारात्मक रसपमा वृद्धि गर्छ, सद्बुद्धि तथा सद्विचारहरूको विकास हुन्छ। अष्टचिरञ्जीवी मा राजा महाबली, ऋषि वेदव्यास ,भगवान हनुमान,विभीषण ,गुरु कृपाचार्य,भगवान विष्णुको छैटौं अवतार परशुराम, महाऋषि मार्कण्डय , अस्वस्थामा आदिलाई अष्टचिरञ्जीवीका रुपमा लिइन्छ।
सामग्रीहरू:
केशरी, अबिर, सिन्दूर, जौ तिल, धूप, कपूर बत्ती, तिलको तेल, पञ्चपल्लव, पञ्चरत्न, सर्वोषधी, सिङ्गो सुपारी १५ गोटा, जनै १० जोर, धान १ भाग टपरीमा, चामल ३ भाग टपरीमा, पूर्णपात्र १ भाग (बोहोता वा टपरीमा), रातो, सेतो, पहेंलो वस्त्र आधा आधा मिटर, गोकुल धूप, सर्स्यूं, कुम्कुम् धूप, गोलोचन, पञ्चामृत, नीमकोपात, फूल, दूबो, नरिवल, फलफूल, मिष्ठान्न, पक्वान्न, पान मसला, दही, च्यूरा, सौभाग्य, काँचो धागो, रेखिको पीठो कुश ।
पूजा भाँडामा:
पञ्चपात्र आचमनी, अर्घ्य, कर्मपात्र, तामाको कलश सानो १ ठूलो १ पूजाको लागि पञ्चपाला, तामाको थाली, शङ्ख, घण्ट आदि ।