
सत्यनारायण पूजा। भगवान विष्णु र लक्ष्मीलाई प्रसन्न बनाउनको लागि सत्यनारायण पूजा लगाउने गरिन्छ सत्यनारायण पूजा लगाउँदा रमासहित श्री विष्णुको आह्वान ध्यान तथा विशेष अङ्गको पूजा गरिन्छ। सत्यनारायणको पूजा गर्नाले शान्ति सौभाग्य तथा लक्ष्मी प्राप्ति हुन्छ। भन्ने विभिन्न पुराणहरूको भावाशय बुझ्न सकिन्छ। सत्यनारायण हिन्दु धर्मलम्बीहरूको मात्रै नभएर बौद्ध धर्मलम्बीहरुले पनि पूजा गर्ने गरेको पाइन्छ विशेषत पहाडी भेगहरूमा वर्षमा एकचोटी अनिवार्य सत्यनारायणको पूजा लगाउने चलन पनि अत्यधिक रहेको छ।
सामग्रीहरू: केशरी, अबिर, सिन्दूर, श्रीखण्ड १, तिल, जौ, रायो सर्स्यूं, सर्वोषधी, पञ्चपल्लव, पञ्चरत्न, सिङ्गो सुपारी १०, सुनको प्रतिमा, जनै १०, धूप बात्ती, कपुर, पान मसला, सेतो र रातो वस्त्र, नारायणलाई वस्त्र, लक्ष्मीलाई वस्त्र सौभाग्यहरू, अत्तर, दूध, दही, घ्यू, मह, चिनी वा सखर, मिष्ठान्न, पक्वान्न, जाइफल, फलफूलहरू, अपुङ्गो, नरिवल, फूलहरू, दूबो, तुलसी पत्र, फूलमाला, ब्राह्मण वरण सामग्री, तीन टपरी चामल, एक टपरी धान, पूर्णपात्रलाई एक बोहोता चामल ।
पूजा भाँडामा – पञ्चपात्र आचमनी , अर्घ्य, कर्मपात्र, धुपौरा, पूजा थाली, कलह सानो १, ठुलो १, शङ्ख, घण्ट, आरती थाली, पञ्चवर्ती, रेखिको पीठो, कुश आदि ।”